कृष्णभीरमा नयाँ ट्र्याक खोलियो, तर सवारी चल्न अझै एक साता लाग्ने
काठमाडौं । भाेटेकाेशी बाढीको कारण सडक भासिएको ७ दिनपछि कृष्णभीरमा नयाँ ट्र्याक खोलिएको छ । भासिएको खण्डको २ सय ५२ मिटर ट्र्याक खोलिएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
ट्र्याक राजमार्गसंग जोडिएको छ । तर ट्र्याक खोले पनि धेरै काम अझै गर्न बाँकी रहेकाले अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सडक बनेको छ । सवारीसाधन सञ्चालनमा आउन भने अझै एक साता लाग्ने अनुमान छ ।
ट्र्याक खोल्ने काम पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग मार्फत नेपाल जियो टेक्निकल सोसाइटीले गरेको हो ।