‘एकातिर देश विपद्ले छटपटाइरहेका बेला अर्कोतिर बजार उदण्ड भयो । र मेरै सरकारको पालामा महंगीले अग्रगामी छलाङ लगायो,’ उनले प्रतिनिधिसभाको बैठममा भने ।
प्याज, चिनी, चामल, तेल हरेक चीजको भाउ बढेको भन्दै उनले थपे, ‘चिल्ला गाडी चढ्नेहरूलाई फरक पर्दैन । तर हामी जस्ताको त ढाढ सेकियो त ।’
नवनिर्वाचित उद्योगमन्त्रीलाई शुभकामना दिँदै उनले कालो बजारी नियन्त्रण गर्ने गरी काम गर्न आग्रह गरे ।