Connect with us
Kapilvast Forest

ट्रिपर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

tiper-accident_in magdi

पाल्पा । जिल्लाको निस्दी गाउँपालिका–३ धार्केसिङमा आइतबार ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा ट्रिपरका सहचालक जाजरकोट जिल्ला खालारहिका ८ का २३ वर्षीय टेकबहादुर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।

घाइते हुनेमा सुर्खेतको शिवालय गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन् उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।नवलपरासीबाट इट्टा बोकेर निस्दीको काउलेबनतर्फ आउँदै गरेको प्रदेश नम्बर ३०–१–००–३ क ४४५६ नम्बरको ट्रिपर आइतबार दिउँसो एक बजे दुर्घटनामा परेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj