Connect with us
Kapilvast Forest

मालीसहित ३ निर्माण कम्पनी कालोसूचीमा

२०८३, १५ आश्विन बिहीबारमा प्रकाशित

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा काठमाडौं, मान शाही निर्माण सेवा कालिकोट र कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।

दानबहादुर कार्की मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवालाई र सूर्यबहादुर शाही मुख्य व्यक्ति रहेको मान शाही निर्माण सेवालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी माधव घिमिरे र हरिप्रसाद घिमिरे मुख्य व्यक्ति रहेका कश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यही असोज १४ गतेको निर्णयबाट ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमनको कार्यालय केशरमहलले आज जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

जिम्मा लिएको काम सन्तोषजनक नहुँदा र पटकपटकको म्याद थप तथा ताकेताबाट पनि काममा प्रगति नहुँदा कालोसूचीमा राख्ने गरिएको कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu