Connect with us

कपिलवस्तुको चन्द्रौटामा एआर बिजनेस एसोसिएट सञ्चालनमा

२०८३, २८ आश्विन बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा एआर बिजनेस एसोसिएट सञ्चालनमा आएको छ । स्थानीय युवा ओबीलाल विश्वकर्माले व्यवसाय, कानुनी सेवा तथा परामर्शलाई एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त एसोसिएट सञ्चालनमा ल्याउनुभएको हो ।

बीएलएलबी अध्ययन गर्नुभएका विश्वकर्माले चन्द्रौटास्थित भूमि व्यवस्था तथा मालपोत कार्यालय नजिकै एसोसिएट सञ्चालन गर्नुभएको छ । यसबाट स्थानीय व्यवसायी, उद्यमी तथा सर्वसाधारणलाई व्यवसाय दर्ता, कम्पनी तथा फर्म दर्ता र नवीकरण, प्यान तथा भ्याट दर्ता, कानुनी परामर्शलगायतका सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

एसोसिएटले कर चुक्ता प्रमाणपत्र (ट्याक्स क्लियरेन्स) सम्बन्धी सहजीकरण, व्यवसाय सञ्चालन तथा कम्प्लायन्ससम्बन्धी परामर्श, कागजात प्रमाणीकरण तथा नोटरी र अन्य व्यावसायिक परामर्श सेवा पनि प्रदान गर्ने जनाएको छ ।

स्थानीयस्तरमै व्यवसाय दर्ता तथा कानुनी प्रक्रियासम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई आवश्यक कागजात तयार गर्न र प्रशासनिक प्रक्रिया पूरा गर्न सहज हुने विश्वास गरिएको छ ।

एआर बिजनेस एसोसिएट चन्द्रौटा, कपिलवस्तुमा रहेको छ । सेवासम्बन्धी जानकारीका लागि 9742323595 मा सम्पर्क गर्न सकिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu