चेल्सीलाई पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा
काठमाडौ । लिभरपुलले पेनाल्टी सुटआउटमा चेल्सीलाई पराजित गर्दै बुधबार लिगकपको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
एनफिल्डमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि लिभरपुल टाइब्रेकरमा ६–५ ले विजयी रहेको हो । एतिहाडमा भने सिटी र ब्राइटनले सुरुमा २–२ को बराबरी खेले ।
त्यसपछिको टाइब्रेकरमा ४–३ ले विजयी रह्यो । क्वाटरफाइनल प्रवेशका लागि अन्य खेलमा क्रिस्टल प्यालसले फुलहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई ३–२ र बर्नमाउथले एस्टन भिल्लालाई ३–० ले हरायो ।
अब क्वाटरफाइनलमा लिभरपुलले बर्नमाउथ, प्यालेसले सन्डरल्यान्ड र सिटीले ब्राडफोर्ड सिटीको सामना गर्नेछ । फ्लिटउड टाउनले भने एभरटन अथवा न्युकासलमध्ये एकविरुद्ध खेल्नेछ ।