Connect with us
Kapilvast Forest

एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

२०८३, ३० कार्तिक आईतवारमा प्रकाशित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।

आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj