भारतमा कुल साढे २५ घण्टा मात्रै रहने प्रधानमन्त्री शाहले भ्रमण क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् ।
त्यसबाहेक प्रधानमन्त्री शाहले अन्य बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने उच्च सरकारी स्रोतले जानकारी दियो ।