रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना, ५ ग्राम चाँदीको सिक्का उपहार
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको सुरुवातलाई विशेष बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कम्पनीको सिमेन्ट प्रयोग गरी घर निर्माण गर्ने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक पूजा सामग्री समावेश गरिएको विशेष शिलान्यास बक्स प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार योजनामा सहभागी हुन ग्राहकले आफ्नो निर्माण साइट दर्ता गर्नुपर्नेछ । यसका लागि कम्पनीले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको मूल्य अभिवृद्धि कर (भ्याट) बिलसमेत अपलोड गर्नुपर्नेछ ।
योजनाअन्तर्गत प्रत्येक निर्माण साइटले एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सक्नेछन् । ग्राहकले पेस गरेको भ्याट बिलका आधारमा सहभागिता प्रमाणीकरण गरिने कम्पनीले जनाएको छ । प्रमाणीकरण प्रक्रिया पूरा भएपछि कम्पनीका प्रतिनिधि ग्राहकको निर्माण स्थलमै पुगेर शिलान्यास बक्स र ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन् ।
कम्पनीले घर निर्माणको पहिलो चरणका रूपमा रहेको शिलान्यासलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्दै आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ ।
यो योजना २०८३ मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।
गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरलाई विशेष बनाउने लक्ष्य राखिएको कम्पनीको भनाइ छ । ‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धतासहित ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।