Connect with us
Kapilvast Forest

१४ औं साग पाकिस्तानमा हुने

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

२४ मंसिर,काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा हुने निश्चित भएको छ ।दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो ।बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी, दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक नेपालमा नै राख्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

‘सबै देशका लागि सहज हुने भएकाले नेपालमा नै सचिवालय राख्ने निर्णय भएको छ,’ उनले भने । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औं साग सफलताका साथ सम्पन्न गरेकोमा १३औं साग आयोजक समिति, नेपाल तथा दक्षिण एसियाका सबै राष्ट्रिय ओलम्पिक कमिटीलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu