Connect with us
Kapilvast Forest

२५ देशका ६० मेयरकाे सम्मेलन काठमाडाैँमा हुने

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

भक्तपुर, २४ मंसिर । उपत्यका नगरपालिका फोरमले भ्रमण वर्ष २०२० लाई सफल बनाउन अन्तराष्ट्रिय मेयर सम्मेलन काठमाडाैँमा गर्ने भएको छ ।उपत्यका नगरपालिका फोरमको भक्तपुरमा सोमवार राति सपन्न बैठकपछि पत्रकार सम्मेलन गर्दै २०२० अक्टोबरमा २५ देशका ६० नगरपालिकाको मेयर सम्मेलन गर्ने जानकारी दिएको हो ।

मेयर सम्मेलनमा सार्क राष्ट्रका नगरपालिका र भगिनी सम्बन्ध भएका चिनका १० नगरपालिका तथा अन्य राष्ट्रका गरि २५ देशका ६० जना नगरप्रमुको सहभागिता हुने जनाएको छ ।

सम्मलेनमा नगरभित्रका सम्पदा शहरीकरणले गर्दा भएका समस्या र समाधानको विषयमा छलफल हुने, शहरी जीवनलाई स्वस्थ, सुरक्षित सरल र सुसंस्कृत बनाउन शहरमा रहेका सांस्कृतिक र प्राकृतिक नीतिहरुका साथै आधुनिक शहरबीच सन्तुलन कायम गर्न र नेपाल भ्रमण वर्ष २०२०लाई टेवा पुर्याउन काठमाडौँमा अन्तराष्ट्रिय मेयर सम्मेलन गर्न लागेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।उपत्यका नगरपालिका फोरमले उपत्यका विकास प्रधिकरण खारेजीको माग पनि दोहाेर्याको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj