Connect with us
Kapilvast Forest

विश्व युवा सम्मेलनमा पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

पर्वत । सामुदायिक रेडियो प्रसारक संघका प्रदेश कोषाध्यक्ष पवन पौडेलले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्। नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन्।

जनशिल युवा मञ्चका अध्यक्ष समेत रहेका पौडेलले कार्यक्रममा दिएको विचार र मिडिया सामग्रीका आधारमा उत्कृष्ट अवार्ड दिएको सम्मेलनको आयोजक युथ टाइमको जुरी समितिकी संयोजक युलिया गतस्ताइनले अवार्ड समारोहमा घोषणा गरिन्।

उनलाई अवार्डका साथमा आगामी सम्मेलनमा सहभागिताको अवसर मिलेको छ । विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो ।

सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको वारे चर्चा भएको थियो । सो अवसरमा विश्वभरका युवाका आधुनिक प्रविधिमा आधारित योजना प्रस्तुत गरिनुका साथै केहीलाई आयोजकले अनुदान दिने घोषणा गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu