Connect with us
Kapilvast Forest

बक्सिङमा सनिलले जिते स्वर्ण, नेपालकाे स्वर्ण ५० पुग्याे

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाण्डाै – नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदककाे संख्या ५० पुर्‍याएकाे छ । मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । सातदोबाटोमा भएकाे पुरुष ६० केजी तौल समू काे खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए । जारी सागमा नेपालले बक्सिङमा तीन वटा स्वर्ण पदक जितेकाे छ । यसअघि मिनु गुरुङ र भूपेन्द्र थापाले बक्सिङमा स्वर्ण जितेका थिए ।याेसँगै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालले ५० स्वर्ण जित्छ भनेर गरेकाे दाबी पनि यथार्थमा परिणत भएकाेछ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर – उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी – भाराेत्तलन
३४. गाैरिका सिंह – पाैडी
३५. जुनी राई – उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ–  गल्फ (टिम इभेन्ट)
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे
४६. मिनु गुरुङ- बक्सिङ
४७. भूपेन्द्र थापा- बक्सिङ
४८. पुनम श्रेष्ठ- जुडाे
४९. गाैरिका सिंह- पाैडी
५०. सनिल शाही – बक्सिङ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu