Connect with us
Kapilvast Forest

एक महिना पर धकेलियो नेपाल–अमेरिका वाणिज्य वार्ता

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौंमंसिर २४ ।

नेपाल–अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता ९टिफा० काउन्सिलको पाँचौँ बैठक एक महिना पर धकेलिएको छ । यही २६ मंसिरका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगन गरिएको हो । दुई मुलुकबीचको एक मात्र संयन्त्र ‘टिफा काउन्सिल’को बैठक अब पुसको अन्तिम वा माघको पहिलो साता बस्नेछ ।

दुवै मुलुकका वाणिज्य सचिवले नेतृत्व गर्ने चौथो टिफा बैठक २७–२८ कात्तिक २०७५ भएको हो । अमेरिकाको वासिंगटन डिसीमा भएको चौथो बैठकले नै पाँचौँ बैठक काठमाडौंमा २०१९ भित्रै गर्ने भनेर तोकेको थियो । सोहीअनुसार १२ डिसेम्बरका लागि बैठक तय गरिएको थियो । दुवै मुलुकले आ–आफ्ना प्रस्ताव तथा छलफलका विषयसमेत आदान–प्रदान गरिसकेका थिए । तर, अमेरिकी पक्षले तयारी नपुगेको जानकारी गराएपछि बैठक स्थगन भएको मन्त्रालयका एक अधिकारीले बताए ।

सन् २०१९ भित्रै टिफा काउन्सिलको बैठक गर्ने तयारी भए पनि तयारी नपुगेका कारण पछि सार्नुपरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताए । ‘बैठकको लागि दुवै पक्षले आ–आफ्ना तयारी गरेर केही विषयमा मस्यौदासमेत आदान–प्रदान गरेका थियौंँ’ उनले भने, ‘तर, थप तयारी गर्नुपर्ने देखिएपछि दुवै पक्षको सहमतिमा बैठक स्थगन गरेका हौँ ।’ अब आउँदो जनवरीको अन्तिमतिर बैठक राख्ने उनले जानकारी दिए ।

नेपाल र अमेरिकाबीच व्यापार र लगानीका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ को अप्रिलमा टिफा भएको थियो । दुवै देशले पालैपालो बैठक आयोजना गर्दै आएका छन् । यसअघि टिफाको तेस्रो बैठक ७ वैशाख ०७४ मा काठमाडौंमा भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu