मुख्यमन्त्रीकै संलग्नतामा क्याम्पसभित्र क्रिश्चियन धर्म प्रचार, विद्यार्थीले गरे नाराबाजी
काठमाडौंमंसिर २४-
क्याम्पस परिसरभित्र धर्मको प्रचार गर्दा विद्यार्थीहरूले विरोध गरेका छन् ।आइतवार इटहरीको जनता बहुमुखी क्याम्पसको खेल मैदानमा अध्ययनलाई नै प्रभावित पार्ने गरी इसाइ समाजले कार्यक्रम आयोजना गर्दा विद्यार्थीले विरोध गरेका हुन् ।मुख्यमन्त्री शेरधन राई स्वयम् प्रमुख अतिथि रहेको कार्याक्रममा शैक्षिक गतिविधि प्रभावित भएपछि विद्यार्थी नेताहरूले विरोध गरेका थिए । राजधानी दैनिकमा खबर छ ।