Connect with us
Kapilvast Forest

घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ रिजाल निलम्बित

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

दोलखा, २०७६ मंसिर २५ ।

अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मंगलबारको सिफारिस अनुसार गृह मन्त्रालयले निलम्बन गरेको हो।

अभियुक्तसँग घुस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशित समाचारमाथि आयोगबाट अनुसन्धान भइरहेको र रिजाल पदमा बहाल रहिरहदा आफ्नो विरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धानमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए ।
अन्नपूर्णबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu