Connect with us
Kapilvast Forest

छैठौँ अन्तर्राष्ट्रिय माउन्टेन दिवस सम्पन्न

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्यसहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको छ ।

नेपाल पर्वत आरोहण संघको आयोजनामा बुधबार राजधानीको वसन्तपुरदेखि ठमेल, केसरमहल हुँदै जय नेपालस्थित संघको कार्यालयसम्म र्याली निकाली ‘छैठौं अन्तर्राष्ट्रिय माउन्टेन दिवस’ मनाइएको हो ।

संघका अध्यक्ष शन्तवीर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताउनुभयो ।

नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतीय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् ।

त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj