Connect with us
Kapilvast Forest

दाङमा बम विस्फोट, घरधनी चौधरी पक्राउ

२०७६, २६ मंसिर बिहीबारमा प्रकाशित

महेन्द्र सिंह दाङ मङ्सिर २६,

दाङ देउखुरी गढवा गाउँपालिका वडा नम्बर २ स्थित घनश्याम चौधरीको घरमा बम विस्फोट भएको छ । घरको पहिलो तल्लामा टिनको बाकसमा लुकाएर राखेको जीलेटिङ्ग बम विस्पोट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरले जानकारी दिएका छन ।

घरधनी चौधरीले सडकमा काम गर्ने क्रममा माछा मार्ने प्रयोजनको लागी जिलेटीङ्ग बम घरमा लुकाएर राखेको गडवा प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

बिष्पोट बाट दुई तल्ले घर पुर्ण रुपले क्षति भएको छ । भने मानविय क्षती नभएको गड्वा प्रहरीले सोधपुछ अनुसन्धानको लागी घरधनी चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको गडवा प्रहरी प्रमुख राठोरले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu