चरेससहित ४ जना पक्राउ
कैलाली । प्रहरीले सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ बाट प्रहरीले विषेश सुचनाका आधारमा चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूहको संयुक्त टोलीले जसमल सिंह ठगुनाको कोठाबाट चरेससहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।
पक्राउ पर्नेमा मार्मा गाँउपालिका–१ घर भइ हाल डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्ना रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।