Connect with us
Kapilvast Forest

राष्ट्रियसभामा कांग्रेसको आधा सिट घट्ने

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं, मंसिर २७-

राष्ट्रियसभाको एक तिहाइ सदस्य चयनका लागि आगामी माघ ९ गते निर्वाचन हुने भएको छ।निर्वाचक मण्डलमार्फत् हुने निर्वाचनले राष्ट्रिय सभामा १९ नयाँ सदस्य चयन गर्नेछ।२०७५ साल असार ४ गते गोलाप्रथाद्वारा कार्यकाल तय गर्ने क्रममा १९ जनाले दुई वर्षे कार्यकालको गोला तानेका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रदेशगत रूपमा ५६ सांसद छन् भने ३ जना राष्ट्रपतिले मनोनयन गरेकी छिन्।एकल संक्रमणीय निर्वाचन प्रणालीका कारण आगामी फागुन २१ गतेबाट राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सिट संख्या घट्ने छ।

प्रदेश २ मा गठबन्धन निर्माण नगरे राष्ट्रिय जनता पार्टी प्रतिनिधित्वविहीन हुनेछ। राजपाका २ र समाजवादी पार्टीका राष्ट्रियसभामा २ सांसद छन्।राष्ट्रिय सभामा नेकपाका ३९ सांसद छन्। जसमध्ये ८ जनाको कार्यकाल समाप्त हुँदैछ। त्यस्तै, कांग्रेस १३ जनामध्ये ७ जनाको कार्यकाल सकिँदैछ।राजपा र समाजवादी पार्टीसँग गठबन्धन गरेको अवस्थामा कांग्रेसले प्रदेश २ बाट एक सिट जित्ने सम्भावना कायमै छ।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट तीन क्लष्टरमा ८ जना निर्वाचित भएका थिए। हाल प्रत्येक प्रदेशबाट ३ महिला, ३ पुरूष (संविधानमा अन्य भनिएको) , १ दलित महिला तथा अर्का १ अल्पसंख्यक/अपांग राष्ट्रिय सभामा छन्।गोलाप्रथा पनि क्लष्टर अनुसार गरिएका कारण यसपटक प्रत्येक क्लष्टरमा एक सिट रिक्त हुनेछ।प्रदेशबाट आएका यस्ता तीनमध्ये एकको कार्यकाल २ वर्ष दोस्रोको ४ वर्ष र तेस्रोको ६ वर्ष तय भएको थियो।

रिक्त हुने पदका निर्वाचन प्रणाली एकल संक्रमणीय निर्वाचन प्रणाली हुनेछ। जसमा प्रदेश सभाका सदस्य र प्रदेशभित्रका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

सबभन्दा धेरै मत प्राप्त गर्ने विजयी हुनेछन्।नेपालका सात वटै प्रदेशमा सत्तारूढ नेकपा सबभन्दा ठूलो पार्टीका रूपमा रहेको छ। प्रदेश २ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर सबभन्दा ठूलो दल बनेका छन्।

प्रदेश २ बाहेक सबै प्रदेशमा नेकपाको स्थानीय तहमा समेत बहुमत रहेका कारण राष्ट्रिय सभा सदस्य निर्वाचित हुने देखिन्छ। प्रदेश २ मा भने नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राजपाले गठबन्धन गरे नेकपाले रिक्त हुने तीन सिट गुमाउनेछ।

यसअघि २०७४ माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो। संविधानले राष्ट्रियसभामा पद रिक्त नहुने व्यवस्थासहित ३५ दिनअघि निर्वाचनको मिति तोक्नुपर्ने सम्मको प्रावधान राखेको छ। जसका कारण निर्वाचन आयोगले फागुन २१ गते पद रिक्त हुनुअघि नै माघ ९ गते निर्वाचन गर्न लागेको हो।२०७४ फागुन २१ गते राष्ट्रिय सभाको पहिलो बैठक बसेको थियो।

दुई वर्षमा कार्यकालमा रिक्त हुन लागेका स्थान-

देश नाम समूह दल
प्रदेश १ खेमराज नेपाली दलित नेकपा
सरिता प्रसाई महिला नेपाली कांग्रेस
हरिचरण शिवाकोटी अन्य नेकपा
प्रदेश २ मुक्ताकुमारी यादव महिला नेपाली कांग्रेस
रमेशप्रसाद यादव अन्य राजपा नेपाल
रामपृत पासवान दलित समाजवादी पार्टी
वृषेशचन्द्र लाल अपाङ्गता/अल्पसंख्यक राजपा नेपाल
प्रदेश ३ धनकुमारी खतिवडा महिला नेपाली कांग्रेस
बलराम बाँस्कोटा अन्य नेकपा
प्रदेश ४ विन्दादेवी आले राना महिला नेपाली कांग्रेस
सुरेन्द्रराज पाण्डे अन्य नेपाली कांग्रेस
प्रदेश ५ दुर्गाप्रसाद उपाध्याय अन्य नेपाली कांग्रेस
मिना बुढा महिला नेकपा
राजकुमार कुँवर अपाङ्गता/अलपसंख्यक नेकपा
प्रदेश ६ कालिबहादुर मल्ल अन्य नेकपा
युटोल तमाङ महिला नेकपा
प्रदेश ७ कमलाकुमारी ओली महिला नेकपा
बद्रीप्रसाद पाण्डे अन्य नेपाली कांग्रेस
मनोनित युवराज खतिवडा राष्ट्रपतिबाट मनोनित
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu