सिन्धुपाल्चोक बस दुर्घटना : १३ तीर्थयात्रीको मृत्यु (अपडेट)
काठमाडौं । भक्तपुरबाट कालिन्चोक मन्दिर दर्शनका लागि हिँडेको तीर्थयात्री बस दुर्घटना भएको छ ।
बा४ख४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी कविराज बस्नेतले जनतासमाचारलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनाका ११ जना घाइतेलाई अस्पताल लगिएकाे छ । प्रहरीकाअनुसार मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।