Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक दुर्घटना : चालकलाई सडकको अवस्था र अनुभवको कमी

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका खाडीचौर – जिरी सडकखण्डको ६ किलोमा आइतबार बिहान भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका ६ र ७ को सिमानामा दुर्घटना भएको हो । मोड धेरै भएको यो सडकखण्डमा बस मोडिने क्रममा पल्टिएर तल अर्को मोडमा पुगेको प्रहरीले जनाएको छ ।

खाडीचौरलाई जिरो किलोमिटर मानिन्छ । खाडीचौरबाट ४ किलोमिटरसम्म स्वारा गाउँ रहेको छ । स्वारागाउँ कटेपछि डेढ किलोमिटर जंगल घुम्तीमा बस पल्टिएको हो । बस माथिल्लो मोड ६ किलोबाट खसेर तल्लो अर्को मोड साढे ५ किलोमिटरमा पुगेको सुनकोशी गाउँपालिका वडा ७ का अध्यक्ष ईश्वर तिमल्सिनाले उज्यालोलाई बताउनुभयो ।

‘सडकको घुम्ती भिरको टापु जस्तै छ, सानो ढुङ्गा गुडे पनि तल नै आइपुग्छ’, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘जोखिम ठाउँमा बसको गति धेरै हुनाले दुर्घटना भएको सहजै अनुमान लगाउन सकिन्छ ।’ चालकलाई सडकको अवस्थिति नै जानकारी नभएको र अनुभव समेत कम भएकाले दुर्घटना लापर्वाहीकै कारण भएको तिमल्सिनाले बताउनुभयो ।

सडकमा जाली समेत नराख्नु सडक विभागको पनि कमजोरी भएको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu