कृष्णनगर नगरपालिका द्वारा पुल निर्माण मा तिब्रता स्थानीय खुसी
अजय मिश्र,कृष्णनगर मंसिर २९।
कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जोड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेको छ ।
हिजो ढाई करोडको लागतमा आधादर्जन गाउंलाई जोड्ने घोरही पुलको निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले आज कृष्णनगर वडा १ को डुमाई गाउंलाई मुख्य सडकसंग जोड्ने सुरई खोलामा झोलुंगे पुलको शिलान्यास गर्नुभएको छ । कुल एक सय दस मिटर लामो र सवा एक मिटर चौडाईमा निर्माण हुने झोलुंगे पुलले बर्षोदेखि बिकासको मुखै नदेखेका डुमाईबासीले नगरपणरमुखको खुलेरै प्रशांसा गर्छन । सुरई खोलामा पुल निर्माण भएपछि डुमाईका सयौं बालबालिकाहरु गुरुचिहवा हुदै शिवानगर स्थित श्रीदेवी माद्यामिक बिद्यालयसम्म पुग्न समस्या नहुने कक्षा ५ मा अध्यनरत छात्रा निलम आरखले बताईन ।
भ्याट सहित सतासी लाख पचहत्तर हजार तीन सय एघार रुपैयाँको लागतमा बन्ने सो पुल नगरपालिकाको दोस्रो झोलुंगे पुल रहेको योजना अधिकृत प्रदीप चौधरीले जानकारी दिनुभयो ।प्रत्येक गाउंलाई नगरपालिका केन्द्र तथा मुख्य बाटोसंग जोडेर बिकासका अन्य पुर्वाधारहरु पुर्याउन सरल हुने नगरप्रख रजत प्रताप शाहले बताउनुभयो ।आर्थिक बर्ष ०७६र०७७ को योजनामा अधिकांश ठोस योजना हरु राखेको कृष्णनगर नगरपालिकाले आउने तीन बर्षमा नमुना नगरपालिका बनाएरै छाड्ने नगरप्रमुख शाहले प्रतिवद्धता गरेका छन ।