Connect with us
Kapilvast Forest

बाहिरियाे पश्चिमी वायु, अब मौसम सफा हुने

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाडौं, मंसिर ३०,

केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ। आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार राति बाहिरिएको हो। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।

पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार बिहानदेखि देशभर मौसम बदली, अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराएको थियो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको थियो।

आजदेखि भने मौसम सुधार हुने मौसमविद् बासीको अनुमान छ। ‘आजदेखि करिब करिब देशभर नै मौसम सामान्यतया सफा हुने देखिन्छ,’

उनका अनुसार आज पहाडी क्षेत्रको आकाशमा भने थोरै बादल देखापरेको छ। अर्थात् आंशिक बदली भएको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहेको उनले जानकारी दिइन्।

तराई क्षेत्रमा पनि अहिले हुस्सु/कुहिरो देखिएको छ। त्यो दिउँसोसम्म रहने मौसमविद् नगरकोटीको भनाइ छ। पहाडमा देखिएको कुहिरो भने घाम लागेसँगै हटेर जानेछ।

आज देशका अधिकांश स्थानमा घाम लाग्ने उनको अनुमान छ। काठमाडौं उपत्यकाको मौसम पनि आज सफा रहने देखिएको उनले बताइन्।

‘आगामी तीन दिनसम्म अब वर्षाको सम्भावना छैन,’ मौसमविद् नगरकोटीले भनिन्, ‘तर पर्सि पुनः अर्काे पश्चिमी वायु नेपाल प्रवेश गर्ने सम्भावना छ। तर यसबारे हामी अध्ययन गर्दै छौं।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu