लागूऔषधसहित दुई जना पाल्पाबाट समातिए
तानसेन । पाल्पामा ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ । तिनाउँ गाउँपालिका– ३ दोभानको झुम्साबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवलबाट पाल्पा आउँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भै पोखरा बस्ने २२ वर्षीय विशाल नेपाली र कास्की मादी ९ बस्ने ३१ वर्षीय किरण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट डाइजेपाम ६८ थान, नुफिन ६८ थान, फेनेराज ६८ थान र नगद १६ हजार १ सय रुपैयाँ बरामद गरिएको छ ।