जनकपुरका दुई ठाउँमा शंकास्पद वस्तु
जनकपुरधाम । जनकपुरको संकटमोचन मन्दिर पछाडि सडकमा शंकास्पद वस्तु (प्रेसर कुकर) फेला परेको छ । आइतबार राति ९ बजे झोलामा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर आवत-जावतमा रोक लगाएको छ ।
शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
रातिको समय भएकोले डिस्पोजको काम अहिले गर्ने तयारी भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी जनकपुरको देबिचौकदेखि थापाचोक जानेबीच बाटोमा पनि शंकास्पद वस्तु भेटिएको छ ।