Connect with us
Kapilvast Forest

छुरा प्रहार गर्ने तीन पक्राउ

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलबिनायक बसपार्क स्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतीलाई ३ जनाले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहार गरी फरार रहेका भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने वर्ष १९ को रामशेखर शिलाकार, सोही स्थानको वर्ष १९ को समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल बोडे भक्तपुर बस्ने वर्ष १९ को प्रविण बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

छुरा प्रहार गरी गम्भीर घाईते बनाई फरार भएका भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गरेको प्रहरीले जानकारी दिएको छ । वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले गोप्य रुपमा प्राप्त सूचनाको आधारमा उनीहरुलाई शनिबार च्याम्हासिंहबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीले शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद र प्रहरी वृत्त जगातीमा राखको र कानुनी कारवाहीको लागि भक्तपुर जिल्ला अदालत पेश गरेको छ । अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu