Connect with us
Kapilvast Forest

पैसा फोटोकपी गरी ठगी गर्ने तामाङ नियन्त्रणमा

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

कास्की । नेपाली रुपैयाँको फोटोकपी गरेर ठगी गरेको अभियोगमा धादिङ काजि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले एक हजारको नेपाली नोेट फोटोकपी गरेर पसलमा दिएको अपराध महाशाखाले बताएको छ ।

तामाङलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएपनि उनले रकम फोटोकपी गर्ने काम पोखरामा गरेको बताएका छन् । पोखराको बगरमा रहेको ‘आविष्कार फोटो’बाट रकम फोटोकपी गरेको बताएपछि उक्त पसलको फोटोकपी मेशिन पनि प्रहरीले बरामद गरेको छ ।

धनिराम पौडेलको फोटो स्टुडियोबाट तामाङले नेपाली रुपैयाँ फोटोकपी गरेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । उनलाई थप अनुसन्धानपछि कानुनी कारबाही अगाडि बढ्ने बताइएको छ ।

पसल सञ्चालक पौडलले भने यो घटनामा आफू संलग्न नभएको बताएका छन् । तामाङले दुई महिना अगाडि आफ्नो पसलमा काम गरेको उनले जानकारी दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu