Connect with us
Kapilvast Forest

५ लाख रुपैयाँ घुस लिने मालपोत कार्यालयका निमित्त प्रमुखविरुद्ध मुद्दा दायर

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

aktiaara

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको पाइएको बताए ।  उनले घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

मण्डलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको आयोगको दावी छ । उनीमाथि बिगो ५ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय मागदावीसहित विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu