Connect with us
Kapilvast Forest

अस्ट्रेलियामा इतिहासकै तातो दिन

२०७६, २ पुष बुधबारमा प्रकाशित

अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्।

मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सिअसभन्दा बढी भएको बताएको छ।

देशभरको औसत उच्चतम तापक्रम नै उष्णलहर नाप्ने उपयुक्त माध्यम भएको विभागले जनाएको छ।

यो तथ्याङ्क अस्ट्रेलियाको झाडीमा फैलिएको डढेलोका कारण व्याप्त जनआक्रोश बढिरहेको बेला आएको हो।तापक्रम किन बढ्यो?

यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो। मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ।

थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। मङ्गलवार अस्ट्रेलियाका मध्यभागका केही क्षेत्रहरूमा ४५ डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन गरिएको थियो।

यो साताको सुरुमा वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिन ४० डिग्री सेल्सिअसभन्दा बढी तापक्रम मापन भएको थियो जुन डिसेम्बर महिनाका लागि अभूतपूर्व थियो।

समुद्री सतहहरूमा चिसो र तातो तापक्रमबीचको फरक विगत छ दशककै उच्च भएकोले यस्तो भएको मानिएको छ।

तर अस्ट्रेलियामा लामो समयदेखि खडेरी चलिरहेको छ। कतिपय स्थानमा वर्षौँदेखिको खडेरीका कारण माटोबाट वाष्प वायुमण्डलमा जान नसकेकोको तापक्रम बढ्न सहयोग पुगेको बताइएको छ।

जलवायु परिवर्तनको असर

अस्ट्रेलियाको मौसमसम्बन्धी निकायका अनुसार अस्ट्रेलियाको तापक्रम सन् १९१० यता एक डिग्री सेल्सिअसले बढेको छ र त्यसमा धेरै तापक्रम सन् १९५० यता बढेको हो।

अस्ट्रेलियामा सबैभन्दा तातो १० वर्षहरूमध्ये नौ सन् २००५ यता मापन भएका छन्।

अधिकारीहरूले सन् २०१९ सबैभन्दा तातो चार वर्षहरूमध्ये एक हुने पूर्वानुमान गरेका छन्।

उच्च तापक्रमका कारण खडेरी, डढेलो र बाढीका सङ्ख्यामा वृद्धि भएको छ।

सन् २०१९ अस्ट्रेलियामा सबैभन्दा कम पानी परेको वर्ष बनेको छ।by bbc nepali

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu