Connect with us
Kapilvast Forest

नेपाल आइडलको तेस्रो संस्करण आजदेखि

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

काठमाडौं : नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा ठूलो गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण बिहीबार अर्थात. आजदेखि सुरु हुँदैछ।

पहिलो र दोश्रो संस्करणको सफलतापछि सुरु भएको तेस्रो संस्करण अन्तर्गत प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुनेछ।

देशका प्रमुख  सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने निर्देशक लोकेश बज्रचार्यले जानकारी दिए।

अघिल्ला संस्करणमा सहभागी प्रतिभाले नेपाली सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित गरिसकेका कारण पनि सांगीतिक क्षेत्रमा भविष्य खोज्नेबीच नेपाल आइडल लोकप्रिय छ।

सांगीतिक क्षेत्रमा राम्रो ज्ञान भएका प्रतियोगीको  उल्लेख्य सहभागिताले यो संस्करण अझै बढी रोचक र प्रतिस्पर्धात्मक हुने निर्देशक एलिन श्रेष्ठले बताए।

नेपाल आइडल ३२ श्रृखलामा प्रसारण हुने गरेको भएपनि दर्शकको चाहना अनुसार यो सिजनमा केही श्रृखला थप हुन सक्ने निर्माण टिमले जनाएको छ। अघिल्ला दुई संस्करणमा देश विदेशमा रहेका दर्शकको अपार साथ सदभाव र प्रेम तथा विभिन्न माध्यमबाट प्राप्त सल्लाह सुझाबले यो संस्करण अझ परिस्कृत बनाउने प्रेरणा मिलेको निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलले बताए।

नेपाल आइडलको तेश्रो संस्करणमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहनेछन्। प्रस्तोताको रुपमा असिफ शाह र माम्पी घोष रहने आइडल टिमले जानकारी दिएको छ।

गीत संगीतमा साधनारत प्रतिस्पर्धीका कारण पनि यो प्रतिस्पर्धा रोचक हुने प्रस्तोता आशिफ शाहको विश्वास छ।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा विजेता बनेका थिए भने दोस्रो संस्करणमा धनगढीका रवी ओडले बाजी मारेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu