Connect with us
Kapilvast Forest

मौसम विभागले निकाल्यो सूचना

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं । शुक्रबार नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायूको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार

देशका पश्चिमी र मध्य भू–भागलगायत पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पश्चिम भेगका उच्च पहाडि–हिमाली भू–भागमा हल्का हिमपात र पश्चिमी पहाडि भू–भागका एक दुर्इ स्थानमा वर्षा हुने सम्भावना छ ।

राती पश्चिम भेगका उच्च पहाडी –हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडि भू–भागका एक दुर्इ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

शनिवार
देशको पश्चिमी भू–भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू–भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडि–हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु(भागका एक दुर्इ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आइतवार
देशको पूर्वी पहाडी भू–भागमा आंशिक वदलीको सम्भावना रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj