Connect with us
Kapilvast Forest

२२ महिनामा १२ अर्ब बढीको राजश्व छली

२०७६, ६ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं, पुस ५ । मुलुकमा राजश्व छलीको भयानक अवस्था उजागर भएको छ । गएको २२ महिनामा मात्रै १२ अर्बभन्दा बढीको राजश्व छली भएको तथ्य सार्वजनिक भएको छ ।

राजश्व छलीको अनेक रुप पत्ता लगाउँदैं मुलुकको राजश्व चुहावट नियन्त्रणका लाग आक्रमक रुपमा अघि बढेको राजश्व अनुसन्धान विभागले गत २२ महिनामा १२ अर्ब ३१ करोड ४७ लाख रुपैयाँभन्दा बढी राजश्व छली भएको तथ्य सार्वजनिक गरेको हो ।

यस तथ्यसँगै सामाजिक उतरदायित्वसमेत वहन गरिरहेका केही व्यवसायीले सरकारलाई तिर्नुपर्ने अर्बौ राजश्व छली गरी आफ्नै विश्वसनियता र सामाजिक उतरदायित्वमाथि गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।

यस अवधिमा राजश्व अनुसन्धान विभागको कारवाहीमा ५ सय ७ जना व्यापारीले राजश्व छली गरेको पाइएको हो । यस कार्यमा आठजना कर्मचारीले साथ दिएका छन् ।

राजश्व छली गर्ने व्यापारी र कर्मचारी सहित विभागले ५ सय १५ जनाविरुद्ध राजश्व छलीमा मुद्दा दायर गरी कारवाही प्रक्रियालाई आक्रमक बनाएको हो ।आजको राजधानी दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu