Connect with us
Kapilvast Forest

लोकसेवा आयोगले परीक्षामा चिट चोर्ने र प्रश्नपत्र ‘आउट’ गर्नेलाई यस्तो दण्ड

२०७६, ६ पुष आईतवारमा प्रकाशित

 

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ । गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरुले लोकसेवा आयोग विधेयकमाथि छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेको थिए ।

लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लघंन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोगको परीक्षामा सामेल हुन नपाउने व्यवस्था राख्न सहमति जुटेको छ । परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वम गराउनेलाई दुई वर्षसम्म परीक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

विद्युतीय उपकरण प्रयोग गरी परीक्षामा अनियमति काम गर्नेहरुले भने तीन वर्षसम्म जाँच दिन पाउनेछैनन् । प्रश्नपत्रको प्रतिलिपि बनाई वा विद्युतीय उपकरणबाट सार्वजनिक गर्नेहरुले पनि तीन वर्षकै दण्ड भोग्नुपर्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu