लक्ष्मीको प्रसव वेदना–‘गर्भ मैले बोकें छोरा अर्कैको भएछन्’
काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले आफ्ना छोरा जब सौताका बनाइए शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन् । नातिको मुख हेर्न धोका बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए । विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन् । हातमा प्लास्टिकको झोला । झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र। दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्केका भएछन्। गर्भ बोकें । प्रसव वेदना सहें । आमा हुनुको अनुभव बटुलें। सन्तान हुर्काएँ। दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ।’