Connect with us
Kapilvast Forest

‘भ्वाइस अफ बुटवल’को फाइनलका लागि २० जना छनौट

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

७ पुस, बुटवल । भ्वाइस अफ बुटवलका लागि छनौट चरण सकिएको छ । फाइनल प्रतिस्पर्धाका लागि छनौट चरणमा २० जनालाई छानिएको आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघको सञ्चालन हुन लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सञ्चालन हुने भ्वाइस अफ बुटवलको छनौट चरणबाट रोशन गुरुङ्, विष्णु चापागाई, सिद्धार्थ गैरे, सरोज बस्याल, लिलबहादुर गरौजा, सौगात रिजाल, सुजन परियार, अमर गिरी, सुरेस परियार, अनिसा थापा क्षेत्री, राधिका भुसाललाई छनोट गरिएको छ ।

त्यस्तैगरी फाइनल प्रतिस्पर्धाकालागि अञ्जली थारु, अस्मिता बुढाथोकी, शर्मिला सेन्चुरी, वर्षा ज्ञवाली, सन्दिप मगर, नविन भट्टराई, गणेश हरिजन, नयन पुन मगर र अस्मिता मगर क्षेत्री परेका हुन् ।

फाइनल राउण्ड १० गतेदेखि सुरु हुनेछ । फाइनल प्रतिस्पर्धामा टप २० बाट निर्णायकको निर्णयका आधारमा ४ जना बाहिरिने छन् । टप १६ बाट भने भोटिङ् राउण्ड सुरु हुनेछ । जसमा ५० प्रतिशत अंक निर्णायकले निर्णय गर्नेछन् भने ५० प्रतिशत अंक भोटिङ्का आधारमा प्राप्त गर्नेछन् ।

गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार ५ सय ५५, द्वितीय हुनेलाई ३५ हजार ५ सय ५५ र तृतीय हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाा नगद सहित पुरस्कार प्रदान गरिने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu