Connect with us
Kapilvast Forest

१० वर्षमा वार्षिक १ करोड पर्यटक भित्र्याउँछौँ : योगेश भट्टराई

२०७६, ८ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं, पुस ८-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० वर्षमा पर्यटन पूर्वधार निमार्ण गरी वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन्।पर्यटन बोर्डमा विभिन्न महासंघसँगको कार्यक्रममा मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन्।

उनले १० वर्षमा एयरपोर्ट, सडक, पर्यटक गन्तव्यलगायतका पूर्वाधार विस्तार गरी १ करोड भित्र्याउने मन्त्रालयले योजना बनाएको बताए। भ्रमण दशक २०२०–२०३० सम्म घोषणा गरी योजना सार्वजनिक गर्ने उनको भनाइ छ।

एक दशकभित्र पूर्व–पश्चिम रेलमार्ग, उत्तर दक्षिण सडक तथा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा, पोखरा विमानस्थल बनिसक्ने बताए। त्यस्तै नयाँ पर्यटक गन्तव्यस्थल पहिचान गर्ने पनि मन्त्रालयले योजना बनाएको छ। अहिले ३ प्रतिशत जीडीपीको योगदान १० प्रतिशत पुर्याउनुपर्ने बताए।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको अधिकतम क्षमता ९० लाख मात्रै भएको भन्दै निजगढ विमानस्थलको विकल्प नभएको बताए। ‘निजगढ विमानस्थलको विकल्प छैन । पर्यावरणको वैकल्पिक व्यवस्था गरी निमार्ण गछौं’, उनले भने, ‘सबैलाई चित्त बुझाएर नै एयरपोर्ट बनाउँछौं। अझै कसैले त्यसको महत्व नबुझेर विरोध गरिरहनुभएको छ। एयरपोर्ट बनेपछि अहिले विरोध गर्नेहरु नै खुसी हुनुहुन्छ।’

छलफल कार्यक्रममा सहकारी महासंघ, गैरसरकारी संघ र सामुदायिक वन उपभोक्ता महासंघहरुले मन्त्रीसँग छलफल गरेका थिए। मन्त्रीले प्रत्येक महासंघले सय जना मार्चपासको लागि र एक हजार जना दर्शकलाई जनवरी १ मा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा ल्याउन आग्रह गरे।

जनवरी १ मा राष्ट्रपतिले भ्रमणवर्ष २०२० को उद्घाटन गर्नेछिन्। जसमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया कम्तीमा १० जना पर्यटनमन्त्री नेपाल आउने बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu