महोत्सवको उद्धघाटन महासंघका उपाध्यक्ष ढकालले गर्ने
अर्जुन बेल्बासे ,पुस९।
आगामी पौष १४ गते देखि २६ गते सम्म संचालन हुने छैठौं चन्द्रौटा महोत्सवको समुदघाटन उधोग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने भएको छ ।ग्लोबल आइ एम इ बैंकका अध्यक्ष समेत रहेका ढकालले मेलाको उदघाटन गर्नु हुने मेला मुल आयोजक समितिले बताइएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघ द्धरा आयोजित चन्द्रौटा महोत्सवको हाल सम्म ७० प्रतिशा काम भइसकेको आयोजकले जनाएको छ।
। महोत्सवको दिनआउन अव मात्रै पाचँ दिन मात्रै रहिरहदा आयोजक कमिटी विहानै देखि वैठक, छलफल र भेटघाट कार्यक्रमलाई तिब्र बनाइएको महोत्सव मुलआयोक समितिले जनाएको छ । महोत्सव सफल बनाउन आयोजकले कामहरु तिव्र रुपमा गरिरहेको छ ।
महोत्सवका विषयगत समिति गठन गरि कार्य प्रगति र आगामी योजनाबारे छलफल गरिएको छ भने बाँकी कामलाई यथाशिघ्र सम्पन्न गर्ने योजना निर्माण गरिएको मुलआयोजक समितिलिे बतायो । महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने आयोजकले जनाएको छ । विभिन्न निकायसंग समन्वय र सहकार्य, प्रचार प्रसारका तयारीका कामहरु भईरहेको र हाल सम्म ७० प्रतिशत काम पुरा भइसकेको र ६०प्रतिशत स्टलहरु बुकिङ भइसकेको मुलआयोज समितिका संयोजक जमसेर अलिमियाले बताए । महोत्सवमा २ सय विभिन्न्न स्टलहरु रहने संयोजक मियाले बताए ।
महोत्सवमा दर्शकको मन जित्ने र चाखलाग्दो आकर्षक कार्यक्रम चन्द्रौटा डान्स आइडलको पहिलो अडिसन यहि पौस १३ दिउसो २ बजे हुने आइडल संयोजक सुमन पौडेलले जानकारी गराए ।
यसैगरी महोत्सवलाइ चुस्त दुरुस्त पार्न सर्वदलीय तथा सर्वपक्षिय वैठक बसेर कार्यक्रमलाई भब्य र सभ्य बनाउन विभिन्न संघसंस्था,समुदाय, विद्यालय संग समन्वय गरिएको आयोजकले जनएको छ ।महोत्सवको अवसरमा यसपटक महोत्सव स्थल, अतिथी सत्कार र मंच व्यवस्थापनमा प्रभावकारी हुने आयोजकले जनाएको छ ।
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवको प्रचार प्रसार तिव्र पारीएको पे्रस संयोजक कृष्ण गैरेले बताए।महोत्सवमा नेपाली चलचित्र जगतका नायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने छ ।