Connect with us
Kapilvast Forest

कपिलवस्तुमा राष्ट्रिय जनमोर्चा वडा समिति गठन ।।

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

राम अवतार चौधरी ,कपिलवस्तु, ११ पुस । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.५ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । देवा जिसीको अध्यक्षतामा भएको भेलाले सल्लाहकार सहित ९ सदस्यीय कार्य समिति बिहिबार गठन गरेको हो । जसको अध्यक्षमा बेगम बुढा मगर, उपाध्यक्षमा देवा जीसी, सचिवमा बलराम सुनार, कोषाध्यक्षमा कमला पुन, सदस्यहरुमा उजील गिरी, तुलमन विक र सिता विक लगायत चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा तिलक गैरे र प्रेम नारायण आचार्य रहेका छन् ।

चेत नारायण खनाल, केर सिंह अदै लगायत कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रियता कालापानी र अमेरिकाले नेपाललाई गर्न लागेको सहयोग सम्झौता एम सी सी बारे बोल्दै यो पास भए विकासको नाममा नेपालका सबै स्रोत साधन अमेरिकाको कब्जामा रहने र नेपाल गुलाम बन्नी हुँदा यसलाई सबै नेपालीले समयमै ध्यान पु्याउन जरुरी रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष चेत नारायण खनालको प्रमुख आतिथ्यता, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्तुक) को केन्द्रीय सदस्य केर सिंह अदै, जातीय समता समाज कपिलवस्तु जिल्ला अध्यक्ष बलराम सुनार, शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन लगायतको आतिथ्यता, स्थानीयको सहभागिता, स्वागत तुलमन विकको स्वगत र बेगम बुढा मगरको सञ्चलानमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu