Connect with us
Kapilvast Forest

ट्रक र कार ठोक्किँदा वडाध्यक्षसहित दुई घाइते

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

 

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ हगुल्टेमा ट्रक र कार एकआसपमा ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा बझाङको खप्तड छान्ना गाउँपालिका–२ का ६१ वर्षीय डबलबहादुर सिंह र ५० वर्षीय जानकीदेवी सिंह रहेका छन्।

दुर्घटनामा घाइते भएका डबलबहादुर खप्तड छान्ना गाउँपालिका–२ का वडाअध्यक्ष हुन्। शुक्रबार बिहान साढे ९ बजेतिर बझाङदेखि अत्तरिया जाँदै गरेको ना १ क७८४२ नम्बरको ट्रक र अत्तरियाबाट डडेल्धुरा आउँदै गरेको प्रदेश ३–०१–००२२ च ५७१८ नम्बरको कार एकआसपमा ठोकिएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ट्रक र कार एकआसपमा ठोक्किँदा कारमा क्षति पुगेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार घाइते दुवैको अवस्था मध्यम छ। वडाअध्यक्ष सिंहको निधारमा चोट लागेको उनले बताए। घाइते दुवैलाई उपचारका लागि एम्बुलेन्समार्फत धनगढी लगिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu