Connect with us
Kapilvast Forest

नेकपाको सचिवालय बैठक जारी

२०७६, १३ पुष आईतवारमा प्रकाशित

nekpa

काठमाडौं, पुस १३-

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

केहीदिनअघि सकिएको स्थायी समिति बैठकले सचिवालयलाई दिएका केही जिम्मा र अन्य समसामयिक विषयवस्तुबारे छलफल गर्न बैठक बसेको हो।

नेकपाको स्थायी समिति बैठकले संयुक्त राज्य अमेरिकाले एमसिसी परियोजनाअन्तर्गत दिने ५० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्ने कि नस्वीकार्नेबारे निर्णय गर्न सचिवालयलाई जिम्मा दिएको थियो।

बैठकमा प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे पनि छलफल हुने बताइएको छ। नेकपाले सभामुख हुने व्यक्ति टुंग्याउन नसक्दा पुस ११ गतेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu