Connect with us
Kapilvast Forest

शिवराज चन्द्रौटामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

२०७६, १४ पुष सोमबारमा प्रकाशित

राम अवतार चौधरी कपिलवस्तु, १४ पुस । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ख्रिष्टियन कम्युनिटी कपिलवस्तुको आयोजनमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बोल्दै नेत्रराज अधिकारीले धर्मले जे सुकै भए पनि रगत सबैको एउटै हो यस अर्थमा । ख्रिष्टियन कम्युनिटीले गरेको कार्य निकै सह्रानिय रहेको बताउनु भयो ।

 

तपाइले दान गरेको रगतले जीवन मर्णसँग संर्घष गरिरहेका व्यक्तिलाई हिन्दु, मुस्लिम र बौद्धिष्ट भन्दैन त्यसैले रक्तदान नियमित गर्दा शरिर फूर्तिलो हुनुका साथै विकार तत्वहरु बहिर निस्किने हुँदा रगत सदभाव कायम गर्ने चीज रहेको उँहाले बताउनुभयो । रक्तदान गर्ने सबैलाई प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले स्वागत गर्ने गरेको साथै कार्यक्रम सफलताको कामना समेत नगर प्रमुख अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रम सिमोन थारुको अध्यक्षता, शिवराज नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चारका सेवा केन्द्र, बुटवलको ल्याब टेक्निसियन वारिस अलिखाँ, डा. अरमान अलि लगायतको आतिथ्यता, साथै ५० जना रक्तदाताहरुको सहभागिता र राजकुमार घर्तीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu