युभेन्ट्सको सहज जित, रोनाल्डोद्वारा कीर्तिमान गोल
एजेन्सी- क्रिस्टियानो रोनाल्डोले कीर्तिमान राखेको खेलमा सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ ।घरेलु मैदान भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३–० ले हराएको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।
यभेन्ट्सका लागि ६२औँ मिनेटमा अल्भारो मोराटा, ७१औँ मिनेटमा फेडेरिको चिएसा र ८९औँ मिनेटमा रोनाल्डोले गोल गर्नु भयो ।पछिल्लो गोलसँगै रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनु भएको छ ।
जितपछि तेस्रो स्थानको युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी सात अंकमा झारेको छ ।