Connect with us
Kapilvast Forest

नेकपालाई टुटाउन कांग्रेस सरकारमा जानुपर्छ: महामन्त्री कोइराला

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

Dr-Shashanka-Koiralal.jpg

 

चितवन – नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने धारणा राख्नु भएको छ। उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने बताउनु भयो ।

उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताउनु भयो । उहाँले भन्नु भयो , ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

महामन्त्री कोइरालले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने बताउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड दिनु भयो । फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन सुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu