जन्मोत्सवमाविद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितरण
माधव बेल्बासे ,चन्द्रौटा-कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ५ निवासी लेखनाथ पौडेलको ४३ आंै जन्मोत्सवको अवशरमा विद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितरण गर्नुभएको छ । शिवराज नगरपालिका वडा १ बनकसमा रहेको जागृती आधारभुुत विद्यालयमा अध्यानरत ४२ जना विपन्न वालवालिकाहरुलाई शौक्षिक सामाग्री बितरण गरिएको छ ।
विद्यालयमा पुुगेर सामाग्री वितरण गर्दै पौडेलले जन्मदिनको अवशरमा वितरण गरिएको सामाग्रीले पठनपाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । शिवपुुर स्वास्थ्य चौकीका प्रमुख समेत रहेका पौडेलले आफुले जन्मदीनको अवशरमा फजुल खर्च नगरि सामाजिक क्षेत्रमा खर्च गरेको बताउनुुभयो । पौडेलले विद्यार्थीहरुलाई कपि,कलम र झोला वितरण गरेको बताउनुुभयो ।
कार्यक्रममा वडा न १ का अध्यक्ष जगत बहादुर जिसीले जन्मोत्सवको अवशरमा पोशाक वितरण गरेर सामाजिक कार्य गरेकोमा पौडेललाई धन्यवाद दिनुुभयो । जन्मदिनको अवसर अन्य खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्ने कार्य सबैले सिक्नुपर्ने जिसीले बताउनुुभयो ।
व्यापार संघका अध्यक्ष महादेव पोखरेल,पत्रकार दिपक खड्का, विद्यालयका प्रध्यानाध्यापक मनकुुमारी थापा,स्वास्थ्यकर्मी प्रकाश पोखरेलले जन्मदिनको शुुभकामना सगै सामाजिक कार्य गरेकोमा धन्यवाद दिए । पौडेलकी धर्मपत्नी रिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यापालिका सदस्य लक्ष्मी हमाल,टिक बिक लगाएत विद्यालय अभिभावक,शिक्षक शिक्षिका सहभागिता रहेको थियो ।