‘सरकार बनाउन प्रचण्ड(माधवलाई सहयोग गर्न सकिन्छ’ :रामचन्द्र पौडेल
चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिने बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने विषयमा सकारात्मक हुन सकिने बताउनु भएको हो । कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उहाँको भनाइ छ।
‘कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार बनाउन सहयोग गर्नसक्छ, त्यसमा कांग्रेसको भूमिका अझ महत्वपुर्ण हुन्छ,’ उहाँले भन्नु भयो , ुओलीलाई सरकार चलाउन सहयोग गर्न कांग्रेसलाई नैतिकताले दिँदैन, ओली बाहेक प्रचण्ड–माधव समूहलाई सहयोग गर्न सकिन्छ, यसबारे पोजिटिभ हुन छलफल हुन्छ।’यस्तै, पौडेलले पार्टी सभापति देउवालाई प्रधानमन्त्री बन्न सजिलो नभएको बताउनु भयो
आफू राष्ट्रपति बनेर थान्को लाग्न नचाहेको उहाँले बताउनु भयो ।राष्ट्रपति पाउने आश्वासनमा प्रचण्ड–माधव समूह नजिक बन्नु भएको होरुु भन्ने पत्रकारहरूको प्रश्नमा पौडेलले बाँचुन्जेल लोकतन्त्रका लागि लड्ने बताउनु भयो
लोकतन्त्रको रक्षाका लागि आफूले प्रधानमन्त्री पद समेत नलिएको उहाँले दाबी गर्नु भयो । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर पार्टीको महाधिवेशनलाई कुनै असर नपर्ने उहाँले स्पष्ट पानुृ भयो ।आज बस्ने कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठक बोलाउन प्रस्ताव राख्ने बताउनु भयो । नेता पौडेलले निर्वाचन आयोग आफ्नो कर्तव्यबाट पदच्युत भएको आरोप लगाउनु भयो