Connect with us
Kapilvast Forest

जीपको ठक्करबाट मारिएकी दाहालको न्यायको निम्ति कोटेश्वरमा प्रदर्शन

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं – बुधबार जीपको ठक्करबाट मृत्यु भएकी अञ्जु दाहालको न्यायका निम्ति विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।बिहीबार कोटेश्वर चोकमा दाहालको न्यायका लागि भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी २ निवासी दाहाल कोटेश्वर बहुमुखी क्याम्पस मा अध्ययनरत थिइन् ।

हिजो बिहान क्याम्पस जान हिडेकी उनलाई नख्खुमा जीपले ठक्कर दिएपछि मृत्यु भएको थियो ।

घटनाको सत्यतथय छानबिन, सवारी चालकलाई कानुनी कारवाही र पिडित परिवारलाई राहत र क्षतिपूर्तिको माग गर्दै हिजो देखि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु दिन प्रतिदिन असुरक्षित भएको भन्दै कलेजबाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटनालाई दुर्घटना नभै हत्या भन्न मिल्ने बताउनु भयो ।

आज सम्म चालक र सवारी धनीलाई कारवाही नगरिनु प्रहरी प्रशासनको गम्भीर लाहरवाही हो, उहाँले भन्नुभयो ।

दाहालको परिवारले तत्काल न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने नेविसंघ महामन्त्री तिमल्सिनाले चेतावनी दिनुभयो ।

प्रदर्शनलाई कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की,अखिल केन्द्रिय सदस्य रबिन बस्नेत, स्वबियु सभापति माधव अधिकारि, नेबिसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगायतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरेका छन् ।

प्रदर्शनकै क्रममा प्रहरीले विद्यार्थीमथि धरपकडसमेत गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu