Connect with us
Kapilvast Forest

पर्यटक आउन थालेसंगै लयमा फकिर्दै काउलेपानी घरवास

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

लमजुङ- बेँसीशहर नगरपालिका–३ काउलेपानी घरवासमा पर्यटक वृद्धि हुन थालेको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरवास यही फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो ।

कोरोना कहर झण्डै ११ महिना सुनसान रहेको घरवासमा पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ । समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस घरवासमा यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकलाई खुला भएकै दिनबाट दैनिक ३०÷३५ न्यूनतम पर्यटकको आगमन भइरहेको काउलेपानी पर्यटन विकास समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिनु भयो ।

उहाँले भननु भयो , “शुक्रबार, शनिबार तथा बिदाको दिनमा भने १०० देखि २०० सम्म पर्यटक आउन थालेका छन् ।” विस्तारै पर्यटक आगमन हुँदै दैनिक ३००÷४०० पर्यटक आउने अपेक्षामा रहेको उक्त समितिले जनाएको छ ।

समितिका अनुसार यस घरवासमा आएको पर्यटकलाई अनिवार्य मास्क, स्यानिटाइजरलगायतका सुरक्षा मापदण्ड अपनाउन लगाएको छ भने घरवास सञ्चालकले पनि सोही मापदण्ड पालना गर्दै आएका छन् । कोभिडका कारणले जिल्लामा खुला गरिएका अधिकांश घरवासमा पर्यटकलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेका छैनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu