८ किलो गाँजासहित दुईजना पक्राउ
जनकपुरधाम-आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जनालाइ सर्लाहीबाट पक्राउ गरेको छ ।प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो ।
महोत्तरीको पिपरा गाउँपालिका(३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतोलाइ पक्राउ गरेको परुहरीले जनाएको छ ।
प्रदेश २–०२–००१ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमध्ये रामआश्रेले बोकेको झोलाबाट ५ किलो र चन्दनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनु भयो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।