Connect with us
Kapilvast Forest

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली सिन्धुलीमा

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली जानु भएको छ ।

सुनकोशी नदीको पानीलाई झण्डै १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर बनाइने यो आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ ।

सुनकोशी(मरिन डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । १३ दशमलव ३ किलोमिटरको सुरुङ बनाइने छ । २०८२र८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली ठुलाठूला आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त हुनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu